गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ ।
चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।
आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।
टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।
गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र खुट्टा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
-
पीयूष चावलाद्वारा व्यावसायिक क्रिकेटबाट संन्यास
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’