सिरहा कारागारका ४ सहित ११ जनामा कोरोना संक्रमण
सिरहा । सिरहा कागारागारमा ४ सहित थप ११ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्ला गारागार कार्यालय सिरहामा ४ कैदीबन्दी, इलाका प्रहरी कार्यालय लहानमा ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ जना कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल सिरहा सन्हैठाका १ जना प्रहरीसहित ११ जनामा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदी वन्दीमा कोरोना देखिएको जनाइएको छ । उनीहरु साउन २५ र २६ गते कारागार चलान भएका हुन् । कारागारमा अहिले १ सय ९२ बन्दी, २ बालबालिका, अन्य ३ सय ८५ सहित ५ सय ७९ जना जना कैदीवन्दी रहेका छन् ।
उनीहरु अहिले कारागारभित्रै रहेका कोरेन्टाइनमा रहेको जेल प्रशासन प्रमुख बविताकुमारी महतोले जानकारी दिइन् । उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने सल्लाह भइरहेको उनले जनाइन् । पछिल्लो पटक सिरहामा स्वाव परीक्षण बढाएसँगै कोरोनाका विरामी थप देखिन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण