ओली –प्रचण्डबीच दोस्रो दिन बालुवाटारमा वार्ता सुरु
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दोस्रो दिनको भेटवार्ता सुरु भएको छ ।
ओली र प्रचण्डबीच नौ दिनको मौनता तोड्दै बिहीबार चार घण्टा वार्ता भएको थियो । वार्ताका लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वागले जानकारी दिए ।
‘हिजोको वार्ताको निरन्तरतास्वरुप आज पनि वार्ता हुदैछ । सायद आजको वार्ताले केही परिणाम ल्याउँछ भन्ने हाम्रो अपेक्षा छ,’ नेम्वागले रातोपाटीसँग भने, ‘उहाँहरूबीच छलफल भएका विषयहरुबारे त जानकारी छैन तर पार्टी विवाद समाधानका लागि उहाँहरु गम्भिर भएको बुझिएको छ ।
दुई नेताबीच बिहीबार भएको वार्तामा पार्टीभित्रको समस्या समाधानउनमुख कोणबाट अघि बढेको ओली र प्रचण्ड निकटका नेताहरुले बताउदै आएका छन् । बिहीबार भएको दुुई नेतावीचको वाार्तमा यसअघि स्थायी समिति बैठक नै नचाहेका ओली अव भने स्थायी समिति बैठक राख्न र आफुपनि बस्न सहमत भएका छन् ।
दुई नेताको वार्तामा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा सहयोेगिका रुपमा सहभागी हुदै आएका छन् ।
नेकपामा ओलीको राजीनामाको विषय चर्को रुपमा उठेपछि असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अवरुद्ध बन्दै आएको छ । खासगरी ओलीको राजीनामाको विषय प्रचण्डसहितका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालहरुले उठाउदै आएका छन् । तर ओलीको राजीनामाको विषय बैठकमा अहिलेसम्म प्रस्तावका रुपमा लगिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण