प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका उच्च अधिकारीलाई कोरोना संक्रमण
बुटवल । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका १० औ तहका एक अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा ४७ जनाको पिसिआर टेस्ट गर्न दिइएको छ । त्यसलगत्तै मन्त्रालयमा अहिले सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । ती कर्मचारीको पीसीआर परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सवैको परीक्षण गर्नु परेको हो । उनी कोरोनाबिरुद्ध सरकारको अभियानमा सहभागि हुने क्रममा संक्रमित हुन पुगेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शुक्रबार बिहान ती अधिकारीमा कोरोना पुष्टि भएलगत्तै मन्त्रालयको मुल गेट बन्द गरि उनका सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको थियो । अहिलेसम्म ४७ जनाको स्वाव संकलन गरिएको छ भने मन्त्रीसहित ३ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।
कोरोना पुष्टी भएका उच्च कर्मचारीको सम्पर्कमा आएका सामाजिक बिकास मन्त्री सुदर्शन बराल, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरी र मन्त्रीका स्वाकीय सचिवको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि, मन्त्रालयले काम गर्न भने नरोक्ने जनाएको छ ।
त्यस्तै आजैबाट प्रदेश ५ सामजिक विकास मन्त्रालयले बेलुका सञ्चालन हुने कोरोना लाईभ अपडेट गर्ने चिकित्सकलाई परिर्वतन गरेको छ । आजबाट कोरोना अपडेट डा.पुष्ष पौड्यालले सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । यसअघि उक्त कार्यक्रम डा.उमाशंकर चौधरीले चलाएका थिए ।
प्रदेश ५ मा दैनिक कोरोनाको संक्रमणको दर बढेको छ । आज पनि रुपन्देही जिल्लामा मात्रै ११ लाई कोरोना संक्रमण भएको पाइएको छ । जसमा बुटवलका ६ जना र भैरहवा ५ जना रहेका छन् भने बुटवलमा गएराती १२ बजेदेखि दोस्रोपटकको लकडाउन शुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण