देशभरका शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने श्यया सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध गरिएको जानकारी दिए । हिजो (शुक्रबार) पनि सबै निजी अस्पताललाई सङ्क्रमित राख्नका लागि २० प्रतिशत श्यया छुट्याउन अनुरोध गरेको थियो ।
यसैगरी मन्त्रालयले सभा, सेमिनार, आवासीय कार्यक्रम, गोष्ठी नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा गौतमले अर्को सूचना नभएसम्म र मन्त्रालयको पूर्व स्वीकृत नलिइ कुनै पनि सभा÷गोष्ठी नगर्न अनुरोध गरिएको बताए । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्नसमेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण