सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा जुट्यो ‘फोन पे’
काठमाडौ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा ‘फोन पे’ पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ ।
यस अभियान अन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तर बैंक कारोबार गर्दा प्रति कारोबार एक रुपैयाँ छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइने फोन पेले जनाएको छ ।
भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा एक रुपैयाँ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरे । भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ ।
सम्झौतापछि एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भने, ‘यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ।’
नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यही रिक्तता पुर्ति गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरू गरेको हो । यस किसिमको पूर्वाधारको विकास समुदायको प्रतिवद्धता र रचनात्मक प्रयासहरूले सम्बोधन गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण