पेन्टागनले उडनतस्तरको बारेमा अनुसन्धान गर्न कार्यदल गठन गर्दै
अमेरिकी सैन्य विमानहरुले कैद गरेका उडनतस्तरका सम्भावित भिडियोहरुबारे अनुसन्धान गर्न पेन्टागनले नयाँ टास्कफोर्स गठन गर्न लागेको दुई रक्षा अधिकारीहरुलाई उद्धृत गर्दै सिएनएनले समाचार प्रकाशित गरेको छ । केही दिनमा आधिकारिकरुपमा घोषणा गरिने उक्त टास्कफोर्सको नेतृत्व डेप्युटी सेक्रेटरी अफ डिफेन्स डेभिड नोरक्वीस्टले गर्ने अपेक्षा गरिएको छ ।
यसअघि अमेरिकीको जल सेनाले ‘अज्ञात हवाइ गतिविधि’ बारे अनुसन्धान गर्दै आएको थियो किनभने यसका धेरै विमानहरुको सम्भावित उडनतस्तरहरुसँग जम्काभेट भएको थियो । टास्कफोर्स गठन गर्नेबारे रक्षा विभागले तत्काल कुनै प्रतिक्रिया दिन चाहेन ।
अमेरिकी सैन्य बेसहरुमाथि अज्ञात विमानहरु देखिनाले अमेरिकी सैन्य विमानहरुमाथि जोखिम बढेको भन्दै संसद तथा पेन्टागनका सदस्यहरुले चिन्ता व्यक्ति गर्दै आइरहेका थिए । त्यस्ता अज्ञात विमानहरुको उद्गमबारे अझै मत विभाजित रहेको छ । धेरैले ती अज्ञात विमान प्रतिद्वन्द्वीहरुले गोप्य जानकारी हासिल गर्नका लागि सञ्चालन गरेको ड्रोनहरु हुनसक्ने विश्वास गर्छन् ।
गत जुनमा सिनेट इन्टिलिजेन्स कमिटीले त्यस्ता जम्काभेटबारे पेन्टागन र गुप्तचरले सार्वजनिक मूल्यांकन सार्वजनिक गर्न मतदान गरेको थियो । पेन्टागनले आधिकारिकरुपमा सम्भावित उडनतस्तरको भिडियो सार्वजनिक गरिएपछि सो निर्णय गरिएको थियो ।
उक्त भिडियोमा अज्ञात विमान निकै तीव्र गतिमा उडिरहेको देखिएको थियो । गत अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो भिडियो साँचो भए अद्भूत हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण