भाले बासेर निन्द्रा खल्बलिएको भन्दै छिमेकीको उजुरी, मालिकमाथि २ सय डलर जरिवाना
बिहान ४ बजेर ३० मिनेटमा भाले बास्नु नौलो होइन । तर इटलीमा यसरी बिहानै भाले बासेपछि निन्द्रा खल्वलिएको भन्दै प्रहरीमा उजुरी परेको छ । छिमेकीहरुल उजुरी गरेपछि भाले मालिकले बाध्य भएर २ सय डलर जरिवाना तिर्नुप-यो ।
८३ वर्षीय एन्जेलो बोलेट्टी इटलीको लोम्बार्डी क्षेत्रस्थित कास्टिरागा भिडार्डोका बासिन्दा हुन् । भाले बासेको विषयमा उजुरी परेपछि उनी जरिवाना तिर्न बाध्य भए ।
उनीविरुद्ध स्थानीय नियम मिचेको आरोप थियो ।
नियमअनुसार छिमेकीको घरबाट कम्तिमा १० मिटरको दूरीमा मात्रै घरेलु जनावर राख्न पाइन्छ । यस्तो आरोपमा जरिवाना तिराइएपनि खास समस्या भने कारोलिना नामक भालेले बिहानै ४ बजेर ३० मिनेट जाँदा बास्नु हो, छिमेकीहरुले यसरी भाले बास्दा आफ्नो निन्द्रा खल्वलिएको उजूरी गरेका छन् ।
‘म निशब्द छु, त्यहाँ के आवश्यकता थियो ?’ बोलेट्टीले भनेका छन् । उनले आफुलाई यसअघि दूरी कायम गर्नुपर्ने विषय थाहा नभएको पनि बताएका छन् । उनीहरुले मलाई त्यसबाहेक पहिल्यै भनेको भए हुने थियो ।
कास्टिरागाकी मेयर इम्मान पर्फेट्टीले धेरै छिमेकीहरुबाट उजूरी आएका कारण जरिवाना तिराउनुुबाहेक अर्को विकल्प स्थानीय अधिकारीहरुसँग नरहेको प्रतिक्रिया दिएकी छिन् ।
यस विषयमा छानविन गर्नका लागि स्थानीय अधिकारीहरुले प्रहरीलाई पनि खटाएका थिए । बिहानै ठ्याक्कै ४ बजेर ३० जाँदा बास्न सुरु गरेको यो भाले झन्डै ६ बजेसम्म कराइरह्यो ।
एन्गेलो बोलिट्टीका अनुसार छिमेकीहरुको विगत १० वर्षदेखि आफुले कारोलिनो नामक यस भालेलाई पालिरहेको बताए । छिमेकीले गुनासो गरेपछि उनले केही समय पहिले यसलाई साथीको जिम्मा पनि लगाएका थिए । तर उनका साथी २० दिनसम्म घुम्नका लागि बाहिर निस्किएपछि त्यस अवधिका लागि उनले फेरि भालेलाई घरमा ल्याए । भाले बासेकै अभियोगमा मालिकले जरिवाना तिर्नुपरेको यो पहिलो घटना भने होइन । यसअघि सबेरै भाले बासेको भन्दै एक फ्रेन्च परिवारविरुद्ध उनका छिमेकीहरुले पनि मुद्दा हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण