एक वर्षमै नौवटा पक्की पुल निर्माण
मङ्गलबार, ०९ भदौ २०७७, ०६ : १५
स्याङ्जा – स्याङ्जामा एक वर्षमा नौवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् ।
पूर्वाधार विकास कार्यालयले निर्माण थालेका नौवटा पुलमध्ये छवटा र सडक डिभिजन कार्यालयले निर्माण थालेका १० वटामध्ये तीनवटा पुल निर्माण सम्पन्न भएका हुन् ।
कोरोना भाइरसका कारण देशभर सरकारले चैत ११ गतेबाट बन्दाबन्दी गरे पनि स्याङ्जामा उक्त अवधिमा विकास निर्माणका कामले निरन्तरता पाएका थिए ।
स्याङ्जाको भीरकोट नगरपालिकाको लुब्दी खोलामा निर्माण सुरु गरिएको पक्की पुल सबैभन्दा छिटो छ महिनामै बनेको छ । २०७६ असोजमा सम्झौता भई मङ्सिरबाट निर्माण कार्य सुरु गरिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालयका प्रमुख सोभियत खड्काले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा अर्जुन काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण