बेलायती सैनिकको ज्यान बचाउने कुकुरलाई उच्च सम्मान
बेलायतमा एक कुकुरलाई भिक्टोरिया क्रस सरहको उच्च सम्मान दिइने निर्णय भएको छ । अलकायदा विद्रोहीहरुसँग लडिरहेका बेलायती सैनिकलाई जोगाउने क्रममा यो कुकुर घाइते भएको थियो ।
२०१९ मा कम्पाउन्डमा भएको हमलाका दौरान यो कुकुरको पछाडिपट्टीका दुुबै खुुट्टामा गोली लागेको थियो । त्यसमध्ये एउटा खुुट्टा अहिले पनि चल्न सक्दैन ।
बेलायती सैनिकमाथि अलकायदाले आक्रमण गरेलगत्तै कुनो नामको सो कुकुरले एक विद्रोहीलाई लखेटेको थियो । त्यसपछि ती विद्रोहीले कुनोमाथि गोली हाने । यतिबेलासम्म बेलायती सैनिकहरुले पनि अलकायदालाई जवाफ फर्काएर आफ्नो मिशन पूरा गरिसकेका थिए । सुरक्षाको कारण देखाउँदै बेलायती रक्षा मन्त्रालयले अझै घटनास्थल भने सार्वजनिक गरिसकेको छैन ।
घटनापछि ह्यान्डलरले कुनोलाई तत्कालै उपचार गरेका थिए, त्यसपछि आरएएफ प्लेनमार्फत विशेष उपचारका लागि कुनोलाई बेलायत नै झिकाइयो । धेरैपटक कुनोको शल्यक्रिया गरियो अनि उसलाई कृतिम खट्टा समेत लगाइयो । हाइड्रोथेरापी, ट्रेडमिललगायत सेशनसहितको पुुनस्र्थापना कार्यक्रमपछि अहिले कुनो स्वस्थ भएको छ । उसले अहिले अवकाशको जीवन बिताइरहेको छ ।
कुनोलाई दिइएको पिडिएसए डिकिन मेडल जनावरलाई दिइएको सबैभन्दा प्रतिष्ठित सम्मान हो । यो मानिसलाई दिइने भिक्टोरिया क्रस बराबरको मेडल हो । अहिलेसम्म ३४ वटा कुकुुर, दोस्रो विश्वयुद्धमा सन्देशवहाकको काम गर्ने ३२ वटा परेवा, चार घोडा र एउटा बिरालोलाई यस्तो मेडल दिइएको छ । बेलायतका डिफेन्स सेक्रेटरी बेन वालेसले कुुनोको प्रशंशा गर्दै भनेका छन्, ‘कुनो बिना यो अपरेशनको कोर्स निकै फरक हुने थियो । अनि यो स्पष्ट छ कि उनले त्यस दिन बेलायती जवानहरुको ज्यान जोगाए ।’
पिडिएसएका महानिर्देशक जान म्याकलुुगलिनले कुनोलाई नायकको संज्ञा दिए । केही समयपछि कुनोलाई मेडल दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण