पृथ्वीराजमार्ग तीन दिनदेखि एकतर्फी मात्रै सञ्चालनमा
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ ।
गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो ।
ठूला ढुङ्गा खसेर सडक अवरुद्ध हुँदा ठूला सवारीलाई आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।
पहिरोले राजमार्ग अवरुद्ध भएलगत्तै दुई डोजर प्रयोग गरेर माटो पन्छाए पनि ढुङ्गा हटाउन नसक्दा समस्या आएको हो । उहाँले भने, “ढुङ्गा हटाएर दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।”
अवरुद्ध राजमार्ग एक घण्टाको अवधिमा पहिरो हटाएर एकतर्फी सवारीसाधान सञ्चालन गरिए पनि ढुङ्गा हटाउन नसक्दा दुईतर्फी गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
वर्षायामको समय उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरे पनि वर्षा नभएको समयमा समेत सुक्खा पहिरो खस्दा सर्वसाधारणले सहजरूपमा आवतजावत गर्न पाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
-
महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालले गठन गर्यो प्रदेश निर्वाचन समिति
-
कर्णालीमा वर्ष दिन पनि बस्दैनन् सचिवहरू
-
उपेन्द्र यादवको रिटमा आज पेशी
-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्दै