८ हप्ताको शिशुले पितालाई भने – हेलोः सबैभन्दा कम उमेरमा बोल्ने बच्चा हुन् त ?
८ हप्ताको शिशुले आफ्नो पितालाई हेलो भनेर सबैलाई अचम्मित पारिदिएका छन् । चार्ली नाम दिइएको उक्त बालक सबैभन्दा कम उमेरमा बोल्ने संसारको पहिलो बच्चाको रुपमा हेरिएको छ । बेलायतका निक र क्यारोलिन आफ्नो सन्तानको पहिलो बोली यति कम उमेरमा सुन्दा निकै उत्साहित भएका छन् ।
सोसल मिडियामा प्रकाशित भएको भिडियोमा निकले आफ्नो छोरालाई हेलो भनिरहेका छन् । बच्चाले आफ्नो बुवाको बोली फर्काउन निकै कोसिस गर्छ । पछि बालक हेलो भन्न सफल हुन्छ र पटक पटक दोहोराउँछ । भिडियो बालककी आमा क्यारोलिनले सुट गरेका हुन् ।
बारम्बार मुस्कुराउँछः
क्यारोलिन भन्छिन्, ‘हामी उसको भिडियो बारम्बार हेरिरहन्छौं । हामीलाई गर्वको अनुभव भइरहेको छ । हाम्रो छोरा यो उमेरमा पनि बारम्बार मुस्कुराइरहन्छ । साधारणतया बच्चा १० देखि १४ महिनाको उमेरमा बोल्न सुरु गर्छन् । हाम्रो अर्को छोराले नै ६ महिनामा बोल्न सुरु गरेको थियो । ’
सोसल मिडियामा आइरहेका छन् विभिन्न प्रकारको कमेन्टः
केही सोसल मिडिया प्रयोगकर्ताले यसलाई जादु बताइरहेका छन् भने कति निकै आश्चर्यमा परेका छन् । यस्तै, केही मानिसहरुले भने कम उमेरमा बोल्ने बच्चाको दाबी गरिएको माथि प्रश्न उठाइरहेका छन् । उनीहरुले बच्चाले यत्तिकै आवाज निकालेको हो, उसले बोलेको होइन भनिरहेका छन् ।
Eight-week-old boy 'says hello' to his astonished father https://t.co/kVt2GsUGP0 via @MailOnline
— Neil Taylor (@neiltaylor1) August 26, 2020
Awwww
Charlie is very ahead of his age 😮👏
— LADbible (@ladbible) August 26, 2020
So cute! My son’s first word was “the” and it was so clear. My younger one jokes that his first was “end.” 🤣🤣🤣 https://t.co/M6lVS6XAd9
— Randall Phillips (@RandallCRP216) August 26, 2020
Nope.
— Dr Vanja Karanović (@DrVanjaK) August 26, 2020
Is this the world's youngest talking baby? https://t.co/pXA4W7OuQW
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण