एउटा भेडा ५ करोड ७३ लाख रुपैयाँमा बिक्रि
‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड ७३ लाख रुपैयाँ) मा बिक्रि भएको छ ।
नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो । बेलायतमा भेडाको प्रजनन गराउनेहरु (ब्रिडर) यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए । लानार्कमा स्कटिश नेशनल टेक्सलले बिक्रि सुरु गर्नु अघि नै केही ब्रिडरले डबल डायमन्डका लागि अत्यधिक बोली लगाएका थिए ।
‘यो उत्साहभन्दा पनि तनावमा पार्ने किसिमको थियो,’ डबल डायमण्ड खरिद गर्नका लागि सहकार्य गरेका तीन बिडरमध्येका एक जेफ ऐकेनले भने । ‘हामीलाई थाहा थियो यो निकै विशेष हुनेछ । यो निकै उत्कृष्ट जनावर हो जसको पूरा जेनेटिक्स उत्कृष्ट छ । यो भेडालाई आफ्नो पोल्टोमा पार्नका लागि ७–८ व्यक्ति अत्यन्त लालायित थिए ।’
लिलामी अघि ऐकेन र अर्का एक ब्रिडर मिलेर उक्त भेडा किन्न चाहन्थे तर प्रतिस्पर्धा अत्यधिक कडा भएपछि तेस्रो ब्रिडर पनि सहभागि भए । तसर्थ यी तीनजना मिलेर सबैलाई उछिन्न सके । यसअघि सन् २००९ मा एउटा भेडा ३ लाख ७ हजार डलर (३ करोड ५९ लाख रुपैयाँ) मा बिक्रि भएको थियो ।
स्रोतः अडिटी सेन्ट्रल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण