आँधीले क्षती पुर्याउँदा भड्किए किम जोङ उन, अधिकारीलाई कडा सजायँ दिइने
उत्तर कोरियाली नेता किम जोङ उन आँधीद्वारा प्रभावित देशको उत्तर पूर्वी इलाकामा भ्रमण गरेको, त्यहाँका अधिकारीलाई निष्कासित गरेको र उद्धारकार्यका लागि प्योङ्याङबाट १२ सय कर्मचारी पठाउने बाचा गरेको राज्य सञ्चालित मिडियाले आइतबार जानकारी दिएको छ ।
कोरियन सेन्ट्रल समाचार एजेन्सीका अनुसार किमले शनिबार मेसाक नामको आँधीबाट प्रभावित ह्याम्ङ्गयोङ प्रान्त भ्रमण गरेका हुन् । किमलाई आँधीले हजार बढी घरमा क्षती पुर्याएको र सार्वजनिक भवन, दक्षिण ह्यामङयोगको तटीय क्षेत्रको खेतीयोग्य जमिनमा क्षती पुर्याइएको् बारे जानकारी दिइएको बताइएको छ ।
केसीएनएले दुई प्रान्तमा भएको क्षती र मृत्युबारे केही जानकारी दिएको छैन । यद्यपि, रोडोङ्ग सिन्मन पत्रिकाले शनिबार दिएको जानकारीमा काङ्गवान प्रान्तमा दर्जानौं हताहत भएको उल्लेख गरिएको छ ।
किम जोङ उनले पहिले नै सबैलाई सुरक्षित स्थानमा पुर्याउने आदेश दिएका थिए । यस्तोमा स्थानीयलाई सुरक्षित स्थानमा नपुर्याएको भन्दै काङ्वाङका अधिकारीलाई गम्भीर सजायँ दिइने बताइएको छ ।
बीबीसीले स्थानीय मिडियालाई उद्धृत गर्दै एक रिपोर्टमा आँधीको तयारीमा विफल भएकोमा तटीय शहर काङ्वाङका अधिकारीलाई दोषी ठहर गर्दै उनीहरुमाथि गैर जिम्मेवारीपूर्व व्यवहार अपनाइएको आरोप लगाइएको छ ।
हालका लागि काङ्वाङका स्थानीय अधिकारीलाई जोखिममा रहेको सम्पत्तिको पूर्ण पहिचान गर्न र सबै बासिन्दाको स्थिती सम्बन्धि रिपोर्ट बनाउन निर्देशन दिइएको छ । हताहतका लागि जिम्मेवारलाई गम्भीर प्रशासनिक र कानूनी सजाय दिने निर्णय लिइएको छ । वासिङ्टन पोस्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण