२६ वर्षकी टिभी अभिनेत्रीद्वारा आत्महत्या, परिवारले लगाए उत्पीडनको आरोप
आन्ध्रप्रदेशमा तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आफ्नो घरमा आत्महत्या गरेकी छिन् । आन्ध्रप्रदेशकी मूल निवासी श्रावसी (२६) लाई मंगलबार कोठाको सिलिङमा पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको हो ।
उनलाई झुण्डिरहेको अवस्थामा भेटेपछि परिवारले उनलाई अस्पताल पुर्याए पनि उनलाई डाक्टरले मृत घोषित गरेका थिए । प्रहरीका एक अधिकारीले बताए अनुसार अभिनेत्रीलाई काकिनाडाका एक व्यक्तिले तनाव दिइरहेका थिए जसका कारण अभिनेत्री आत्महत्या गर्न बाध्य भएको आमाबुवाले आरोप लगाएका छन् ।
अधिकारीका अनुसार मंगलबार राती आफ्नो आमा–बुवासँग कुरा गरेपछि श्रावणी कोठामा गएकी थिइन् । जब उनी बाहिर निस्किइनन् तब परिवारका सदस्यले ढोका ढक्ढकाए, भित्रबाट केही जवाफ नपाउँदा उनीहरु कसैगरी कोठाभित्र जाँदा उनलाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
श्रावणीले थुप्रै टेलिभिजन धारावाहिकमा अभिनय गरेकी छिन् र तीमध्ये केहीमा उनको काम पनि भइरहेको थियो । उनका आमाबुवाले अभिनेत्रीसँग परिचित काकीनाडाका एक व्यक्तिमाथि आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण