सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि
सिराहा – सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि गरेको हो ।
कार्यालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा कारागारका ५९ जना कैदीबन्दीमध्ये सबै पुरुष रहेको छ चोहर्वास्थित शेरगन नेपाली सेनाका सातजना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकाहरू २० देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले बताए ।
कैदीबन्दीमा कोरोना पुष्टि भएको जिल्ला कारागारमा कैदीबन्दीमा त्रास फैलिएको जिल्ला कारागाका सिरहाकी प्रमुख बबिता महतोले जनाएकी छिन् ।
जेलर महतोकाअनुसार कोरोना पुष्टिको कैदीबन्दीहरुलाइे जिल्ला कारागारभित्र रहेको आइसोलेसन माराखेको जनाएकी छिन् । सिराहा कारागारमा रहेका पाँचसय ९४ जना कैदी बन्दीमध्ये ८० जनाको पीसीआर जाँच गराउदा ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जस्मा ३४जना कैदी र २५जना थुनुवा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण