सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि
सिराहा – सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि गरेको हो ।
कार्यालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा कारागारका ५९ जना कैदीबन्दीमध्ये सबै पुरुष रहेको छ चोहर्वास्थित शेरगन नेपाली सेनाका सातजना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकाहरू २० देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले बताए ।
कैदीबन्दीमा कोरोना पुष्टि भएको जिल्ला कारागारमा कैदीबन्दीमा त्रास फैलिएको जिल्ला कारागाका सिरहाकी प्रमुख बबिता महतोले जनाएकी छिन् ।
जेलर महतोकाअनुसार कोरोना पुष्टिको कैदीबन्दीहरुलाइे जिल्ला कारागारभित्र रहेको आइसोलेसन माराखेको जनाएकी छिन् । सिराहा कारागारमा रहेका पाँचसय ९४ जना कैदी बन्दीमध्ये ८० जनाको पीसीआर जाँच गराउदा ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जस्मा ३४जना कैदी र २५जना थुनुवा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना : सरकारी टिभीले भन्यो – कोही पनि बाँचेको संकेत छैन
-
बागमती प्रदेश : मन्त्रालय विभाजनसँगै एमालेमाथि नैतिकताको प्रश्न खडा
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु, सबैभन्दा बढी सुन्दरीजलमा
-
नरभक्षी बाघ मर्यो
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने