बहुमत प्राप्त सरकार असक्षम सावित हुँदै गयोः अध्यक्ष थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनको निमित्त क्रियाशिल हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शुक्रबार देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमार्फत सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद अहिलेको डरलाग्दो समस्या भएको भन्दै मुलुकलाई समृद्धिको दिशामा लैजानको निमित्त राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र सम्भव हुने दावी गरे ।
झण्डै दुईतिहाइको बहुमत प्राप्त सरकार जनताको नजरमा दिन प्रतिदिन असक्षम सावित हुँदै गएको र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकोले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न संगठन केन्द्रित गर्नुपर्ने अध्यक्ष थापाको जोड थियो । पार्टी एकतालाई निष्कर्षमा पुर्याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफुले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको थापाले सहभागिहरुलाई भर्चुअल बैठकमा सहभागीलाई जानकारी गराएका थिए ।
भर्चुअल बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा सहभागी नेताहरुले अहिलेको अवस्थामा पार्टीं एकता आवश्यक भएकोले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण