कविता
कविता : मेरो देश
शनिबार, २७ भदौ २०७७, १० : २६
- भोज कुमार धमला
मेरो देशमा अहिले
रोग छ निदान छैन,
भोक छ भकारी छैन
बेथिति छ, थिति छैन,
सक्नेलाई चैन छ, नसक्नेलाई बेचैन छ
शासन छ सुशासन छैन,
रात छ निन्द्रा छैन
मेरो देशमा अहिले
नेताहरू छन् सही नेतृत्व छैन
महलहरू छन् बास छैन
त्रास छ, आस छैन
बाटो छ, गन्तव्य छैन
मेरो देशमा अहिले
चेतना छ तर सबै अचेत छन्
शिक्षा छ, शिक्षित छैनन्
खेती छ, मल, जल र बिजन छैन
हल्ला छ, सही दृष्टिकोण छैन
सरकार छ, अनुभूति छैन
मेरो देशमा अहिले
जीवन छ, जिउनी छैन
रोदन छ, हाँसो, खुसी र उल्लास छैन
कलकारखाना छन्, रोजगारी छैन
प्रचुरता छ, अवसर छैन
सिमाना छ, सुरक्षा छैन
हो मेरो देशमा अहिले धेरै कुरा छैनन्
हो मेरो देशमा अहिले यस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण