बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना संक्रमणबाट बिराटनगरमा थप एकको मृत्यु

आइतबार, २८ भदौ २०७७, १९ : ०३
आइतबार, २८ भदौ २०७७

कोरोनाभाइरसको संक्रमणबाट बिराटनगरका ७० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएसँगै गत भदौ १६ गते प्रादेशिक ल्याब बिराटनगरमा पीसीआर टेस्ट गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि बिराटनगरस्थित म्याक्स अस्पतालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

गत भदौ १७ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उच्च रक्तचापका बिरामी रहेका उनको आइतबार दिउँसो निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

उनको शव व्यवस्थापन नियमअनुसार गर्ने तयारी भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप