प्राधिकरणबाट कुलमान बाहिरिँदा जे देखियो (फोटोफिचर)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिएपछि कार्यालयका कर्मचारीले बिदाई गरेका छन् । २०७३ भदौं ३१ गतेदेखि प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङको आजको दिनदेखि कार्यकाल सकिएको हो । कार्यकारी निर्देशक पदमा ४ वर्ष बिताएका घिसिङले प्राधिकरणमा २६ वर्ष सेवा गरेर अवकाश पाएका हुन् ।

कोरोना भाइसर संक्रमणको त्रासकाबीच प्राधिकरणको हलमा गरिएको विदाई कार्यक्रममा सिमित संख्यामा कर्मचारी र मिडिया प्रतिनिधिलाई बोलाइएको थियो । विदाई समारोहमा कर्मचारीहरुले कुलमान घिसिङ आउनुपूर्वको प्राधिकरणको अवस्था र हालसम्मको अवस्थाका बारेमा तुलना गरेका थिए । उपकार्यकारी निर्देशकहरुले घिसिङलाई माला खादा लगाउनुका साथै बुद्धको मुर्ति दिएका थिए । अन्य कर्मचारीहरुले फुल उपहार दिँदै विदाई गरेका थिए ।

विदाई समारोहमा बोल्दै घिसिङले सरकारका साथै प्राधिकरणका प्रत्येक कर्मचारीको सहयोगका कारण प्राधिकरणले सफलता प्राप्त गरेको बताए । उनले आफ्नो कार्यकालमा हासिल गरेका फेहरिस्त वाचन गरेर सुनाएका थिए । विदाई समारोहमा प्राधिकरणका कर्मचारीले फेरि अर्को कार्यकालका लागि पनि घिसिङको पुन नियुक्तिको कामना गरेका थिए ।
तस्विरमा हेर्नुहोस घिसिङको विदाई :













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
