संविधानको मर्म विपरित नेकपा केन्द्रीकृत प्रणालीमा अगाडी बढिरहेको छ : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरित केन्द्रीकृत प्रणालीमा अगाडी बढिरहेको आरोप लगाएका छन् । सर्वोच्च कमाण्डर गणेशमानसिंहको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रीकृत प्रणालीलाई स्थापित गर्न अगाडी बढिरहेको आरोप लगाएका हुन् । संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया केन्द्रीकृत प्रणालीमा जाने गरी अगाडी बढिरहेको उनले बताए ।
संविधान दिवसका पूर्वसन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरु भएपनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पु¥याइरहेको बताए ।
जनताहरु कोरोना महामारीको चपेटामा रहेपनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उनले बताए । महामारीका बेला गुर्नपर्ने न्यूनतम काम समेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताए ।
२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । कार्यक्रममा नेता सिंहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गरेका थिए । वि.सं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण