इतिहासमा आज – हैटीमा तुफानले लियो ३ हजारभन्दा धेरैको ज्यान
आज २३ सेप्टेम्बर । सन् २००४ मा हैटीमा शक्तिशाली तुफान र बाढीले ठूलो क्षति निम्त्याएको थियो । ‘जीन’ नाम दिइएको यो तुफान अफ्रिकाको पश्चिम तट हुँदै आएको थियो । एटलान्टिकको नजिक पुगेपछि भने यसले भयानक रुप लियो । हैटी पुग्दासम्म यो निकै तेज भइसकेको थियो, जसकारण धेरै घरहरु भत्किए । केही समयपछि तुफान गयो, तर मुसलधारे वर्षा सुरु भयो । घण्टौँसम्म निरन्तर वर्षापछि यहाँ ठूलो बाढी आयो, जसले क्षतिलाई थप खराब बनायो ।
यस प्रकोपमा परेर ३ हजारभन्दा धेरै मानिसहरुको ज्यान गयो । जसमध्ये उत्तरी गोनाइभसमा सर्वाधिक २८ सय जनाले ज्यान गुमााएका थिए । तुफान र बाढीका कारण देशभर झन्डै ८० लाख मानिस घरबारविहीन भए । प्रकोपले हैटी आसपासका अन्य देशमा पनि ठूलो त्रास सिर्जना ग¥यो । केहीले पूर्वसतर्कता पनि अपनाए, बहामासबाट उत्तरस्थित क्षेत्रका मानिसहरुले भयभीत भएर तुफान आउनुअघि नै घर छाडिसकेका थिए । जसकारण, त्यहाँ क्षति कम भयो । युएस भर्जिन आइल्यान्ड, पिर्योटोरिको र डोमिनिकन रिपब्लिकमा पनि यसको असर प-यो ।
अमेरिकाको फ्लोरिडा तटसम्म पुग्दा यस तुफानको प्रभाव कम भइसकेको थियो । तर फ्लोरिडावासीहरु तुफानलाई लिएर निकै सचेत थिए । त्यसैले उनीहरु सतर्कताका साथ बसे । यद्यपी, पूर्वतयारीका बाबजुद फ्लोरिडामा तीनजनाको मृत्यु भयो ।
अन्य घटनाक्रम
सन् १९३२– हाउस अफ साउद (अहिलेको साउदी राजपरिवार) द्वारा साउदी अरब एकिकरणको कामलाई पूर्णता । १९०२ बाट यो काम सुरु भएको थियो । जसअन्तर्गत धेरै शहर, इमिरेट्स र अधिराज्यलाई साउदीमा मिसाइयो ।
सन्१९४३– विश्वयुद्धका दौरान जर्मनीद्वारा आफ्नो कठपुतली सरकारसहितको ‘इटालियन सोशल रिपब्लिक’ नाममा अलग देशको स्थापना ।
सन् १९७३– अर्जेन्टिनाको आम चुनावको नतिजा सार्वजनिक, राष्ट्रपतिमा सैनिक शासक जुआन पेरोन ६० प्रतिशत मतसहित विजयी ।
सन् १९८३– बम हमलामा गल्फ एयर फ्लाईट ७७१ ध्वस्त, विमानमा सवार सबै १ सय १७ यात्रुको मृत्यु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण