चीनलाई भारतको चेतावनीः यदि पिएलएका सैनिक अघि सरे भारतले गोली चलाउनेछ
चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारतीय सैनिकले उनीमाथि गोली चलाउने सक्ने भन्दै चेतावनी दिएको छ ।
द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले सो कुरा भनेका हुन् ।
अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनुहुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’
पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ ।
भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् । भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिती स्थापित गर्ने बताएको छ ।
उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, चीन पहिला आएको थियो त्यसैले चीन नै पहिले हट्नुपर्छ ।’
भारत र चीनका सैनिकबीच जूनमा गलवान घाटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो हताहट भएका सैनिकको संख्या जारी गरेको छैन । मिडिया रिपोर्टमा चीनका सैनिक मारिएको पनि दाबी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण