मुख्यमन्त्री सवार गाडी तोडफोड गरेको आरोपमा कांग्रेसका ९ नेता–कार्यकर्ता पक्राउ
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले ९ जनालाई नियन्त्रणमा लिएको रातोापाटीलाई बताए । नियन्त्रणमा लिएकाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको उनले बताए । उता, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले आफ्नो पार्टीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।
उनकाअनुसार कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की पक्राउ परेका हुन् । प्रहरीले भने ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।
मुख्यमन्त्रीलाई लक्षित गरेर ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सचिव खाँणले भने सिद्दार्थ कटेजमा बसेर आन्दोलनको समिक्षा गरिरहेका बेला नेता कार्यकर्तालाई पक्राउ गरिएको अरोप लगाएका छन् ।
उनीहरुले प्रहार गरेको ढुंगा मुख्यमन्त्री पोखरेल सवार गाडीमा लागेको प्रहरीले जनाएको छ । गाडीमा ढुंगा प्रहार गर्न थालिएपछि प्रहरीले हवाई फाईर समेत गरेको थियो । प्रदेश ५ को राजधानी दाङ प्रस्ताव गरेको विराधमा नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रमअनुसार आइतबार सो पार्टीले रुपन्देही बन्द समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण