खोजी क्रिकेट प्रशिक्षकको : आवश्यक के हो ?
नेपाल क्रिकेट संघ (क्यान) लाई खुल्ला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सबै पक्षबाट सुझाव आएपछि क्यानले प्रशिक्षकका लागि दरखास्त आह्वान गरिसकेको छ । दरखास्तको मिति अहिले सकिएको छ । तर अहिलेसम्म को–कसले दरखास्त दिएका छन् भन्ने चाहिँ सार्वजनिक भएको छैन । छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ अहिले चासोको विषय बनेको छ ।
दुई दशक अगाडि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो । श्रीलंकाली प्रशिक्षक डायसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मेहनत गरेर क्रिकेटको बलियो जग बसालेसँगै अर्का प्रशिक्षक पुवुदले नेपाली क्रिकेटलाई नतिजा दिलाउन महत्त्वपूर्ण भूमिका खेले । त्यसपछि नेपालले विभिन्न डिभिजनका खेललाई पार गर्दै अहिले एक दिवसीय मान्यता पाएको छ । ट्वान्टी–२० विश्वकपमा पनि अनुभव बटुल्न सफल भयो, नेपाली टोली ।
त्यसो त अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपाली टोलीलाई १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिइसकेका छन् । यो अवधिकमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा स्थान पनि बनाउन सफल भयो । पछिल्लो समय पाएको सफलतालाई जोगाउनका लागि आउँदो दिनमा अनुभवि र नेपाली टोलीलाई धेरै भन्दा धेरै मैत्रिपूर्ण खेलको तालमेल गर्ने प्रशिक्षक खाँचो भएको धेरैले औँल्याउँदै आएका छन् । अहिलेको अवस्थामा नेपाली क्रिकेट टोलीका लािग अनुभवि र अन्तर्राष्ट्रिय स्तरमा बलियो प्रभाव भएको प्रशिक्षक आवश्यक भएको बताउँछन् पूर्व क्रिकेटर पवन अग्रवाल ।
अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ । क्रिकेट गतिविधि चलायमान त्यति हुन सकेका छैनन् । यो समय क्यानलाई नयाँ प्रशिक्षक खोज्ने उपयुक्त समय मिलेको छ । नेपाली टिमको प्रशिक्षक बनेर को आउला भन्ने चासो सर्बत्र बढ्दै गइरहेको अवस्थामा पूर्व कप्तान विनोद दासले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपाललाई विश्व क्रिकेटलाई नजिकबाट बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको बताए ।
२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ । राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी तोकिएको छ । तर क्रिकेटको गतिविधि भने शून्य छ । कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित गरिरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न पदाधिकारीको नियुक्तिलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउन यथाशीघ्र कदम चाल्नु आश्वयक देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण