सडकका कुकुरको बन्ध्याकरण
हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए ।
हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोविड – १९ महामारीको कारण केही वडा छुटेका थिए ।
छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको बताए ।
यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ । संस्थाले एक दशक यता पोखरा, भरतपुर लगायत नेपालका विभिन्न ठाउँमा पुगी २२ हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेको र पैतीस हजार भन्दा धेरै कुकुरलाई रेबिज विरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो