चीनमा सवारी साधनको बिक्री बढ्यो
बेइजिङ । कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ ।
चिनियाँ अटोमोबाइल उत्पादक संघकाअनुसार गत अगष्ट महिनाको तुलनामा सेप्टेम्बर महिनामा १७.४ प्रतिशतले वृद्धि भएको छ अर्थात अघिल्लो वर्षको भन्दा झण्डै २६ लाख सवारी साधन बढी बिक्री भएका छन् । अगष्टमा ११.६ प्रतिशतले सवारी साधनको बिक्री बढेको थियो ।
यस वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले सवारी साधनको बिक्री घटेको थियो । चीनमा कोरोनाभाइरसका कारण कलकारखाना बन्द गर्नुअघि नै सवारी साधनको बिक्रीमा गत वर्षदेखि नै कमी आउन थालेको थियो ।
चीनका खस्किदो आर्थिक वृद्धि र अमेरिकासँगको व्यापार युद्धले पनि यस क्षेत्रमा असर परेको चिनियाँ विश्लेषकहरुले बताएका छन् । गत वर्ष पनि सवारी साधनको बिक्रीमा ९.६ प्रतिशतले कमी आएको थियो । सवारी साधनको बिक्री घटेको यो लगातार दोस्रो वर्ष हो । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण