अफगानिस्तानः तालिबानले शान्तिवार्ताबीच गर्यो ठूलो हमला, सुरु भयो युद्ध
अफगानिस्तानको हेलमंद प्रान्तमा सरकारी सैन्यबल तालिबान लडाकूबीच भारी युद्ध चलिरहेको छ जसका कारण त्यहाँका हज्जारौं परिवार आफ्नो घर छोडेर भाग्नु परिरहेको छ ।
बुधबार यो हिंस्रक संघर्षको तेस्रो दिन हो । अफगान सैनिक रणनीतिक रुपमा महत्वपूर्ण प्रान्तको राजधानी लश्कर गाहलाई तालिबानको हमलाबाट बचाउने कोसिस गरिरहेको छ ।
गत महिना अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ता सुरु भएको थियो । त्यसपछि दुबै पक्षबीच पहिलो पटक लडाईं सुरु भएको छ ।
अफगान सैन्यबल तालिबानको हिंसाको जवाफ दिइरहेको छ र अमेरिकी हवाई हमला उनीहरुको जवाफी कारवाहीमा मद्दत गरिरहेको छ ।
यसअघि अफगानिस्तानमा नेटोका प्रमुख अमेरिकी जनरल स्कट मिलरले शान्ति वार्तालाई नजरअन्दाज गरेको र फेब्रुअरीमा भएको सम्झौताको उल्लंघन गरेको भन्दै तालिबानको निन्दा गरेको थियो ।
भारी हिंसाबीच हेलमन्द र छिमेकी कांधार प्रान्तमा बिजुलीको आपूर्ती बन्ध छ । तालिबानले यहाँ सोमबार एक पावर सब–स्टेशनमा हमला गरेको थियो ।
थुप्रै दूर संचार नेटवर्क पनि ठप्प भएको छ । हालसम्म करिब ५ हजार परिवार वा लगभग ३५ हजार मानिसहरु आफ्नो घरबाट भाग्नुपरेको छ । यीमध्ये कति मानिसहरुले छिमेकमा शरण लिएको खबर छ ।
अफगान शान्ति वार्ता र तालिबान–अमेरिकाबीच सम्झौताः
तालिबानको यो हमला र हिंसा यसकारण पनि थप चिन्ताजनक छ किनभने पछिल्लो केही महिनाको घटनाक्रमलाई हेरेर शान्तिको थोरै नै सही तर आशा पक्कै पनि जताइँदै थियो ।
यसै वर्ष फेब्रुअरीमा १८ वर्षको भयानक युद्धपछि अमेरिका र तालिबनाले शान्ति बहालीका लागि सम्झौता गरेका थिए ।
यसै सम्झौता अनुरुप अमेरिका र नेटो सहयोगीले यदि तालिबानका लडाकूले सम्झौताको पालना गर्छन् भने उसले १४ महिनाभित्र अफगानिस्तानसँग आफ्नो सैनिकलाई फिर्ता बोलाउने बचन दिएका थिए ।
सम्झौता अनुसार तालिबानले आफ्नो नियन्त्रण भएको इलाकामा अल–कायदा वा कुनै अन्य चरमपन्थी समूहलाई पुग्न नदिन सहमती भएको थियो ।
यता थुप्रै महिनाकोे ढिलाई पछि अन्त्यमा कतारमा अफगानिस्तान–तालिबान शान्तिवार्ताको सुरुवात भएको थियो ।
यो ऐतिहासिक शान्तिवार्ताले वर्षौंदेखि युद्धको छायामा घेरिएको अफगानिस्तानका लागि आशा जताइँदै थियो । तर अब हेलमन्दमा जारी हमलापछि यो आशा धुमिल भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण