जाडोमा बढ्न सक्छ कोरोनाको कहर, वैज्ञानिकको चेतावनी
एजेन्सी – कोरोना भाइरस (कोभिड १९) को विषयमा केही अनुसन्धान बाहिरिएको छ । जाडोको मौसममा कोरोना भाइरसको अवस्थाको विषयमा विभिन्न अध्ययन अनुसन्धान भइसकेका छन् । यसै सन्दर्भमा फेरि नयाँ अनुसन्धान गरिएको छ ।
अनुसन्धानका अनुसार वैज्ञानिकहरुले जाडोमा फेरि एकपटक कोरोना भाइरस तीव्र गतिमा फैलने चेतावनी दिएका छन् । रिसर्चका अनुसार गर्मीमा एरोसोलका स–साना कणका कारण कोरोना फैलिरहेको थियो भने जाडोमा रेस्पिरेटरी ड्रोप्लेट्स (Respiratory Droplets) को सीधा सम्पर्कमा आएर पुनः एकपटक कोरोना भाइरसको महामारी हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
यो अनुसन्धान न्यानो लेटर्स जर्नलमा प्रकाशित भएको हो । अध्ययनमा भनिएको छ, जाडोमा ‘फिजिकल डिस्ट्यान्सिङ’ ले मात्रै कोरोना रोेकथाम हुन सक्दैन ।’ अध्ययनका लेखक यानिइंग झूले भनेका छन्, ‘हामीले थुप्रै केसहरुमा रेस्पिरेटरी ड्रोप्लेट्स सीडीसीद्वारा बताइएको ६ फिटभन्दा बढी दुरी तय गर्दछ ।’
अनुसन्धानकर्ताका अनुसार यस्तो ठाउँमा तापमान धेरै कम र ह्युमिडिटी धेरै हुन्छ । जस्तो कि मासुलाई सधैँ ताजा राख्ने ठाउँ यस्तो ठाउँमा ड्रोपलेट्स जमिनमा झर्नुभन्दा पहिले ६ फिट भन्दा बढी दूरी कायम गर्न सक्छ ।
अनुसन्धानकर्ताहरु भन्छन्, ‘यस्तो वातावरणमा भाइरस लगातार बनिरहन्छ । जिवितै रहन्छ । र केही मिनेटदेखि एक दिनभन्दा बढी समयसम्म सतहमा रहन्छ ।’ झू भन्छन्, ‘यो कारण मीट प्लान्ट्समा कोरोना तीव्र गतिमा फैलिएको पाइन्छ ।’
अनुसन्धानकर्ताहरुको अनुसार यसको विपरित गर्मी वा सुख्खा स्थानमा ड्रोपलेट्स सजिल्यै हावामा उड्न सक्छ । र भाइरसका स–साना कण मिलेर एरोसोल भाइरसको कण बन्न पुग्छ । जुन बोल्दा, खोक्दा, हाछीउँ गर्दा र सास फाल्दा फैलिन सक्छ । अध्ययनमा लेखक झूका अनुसार यो निकै छोटो कणमा बन्छ । सामान्यतयाः १० माइक्रोनभन्दा पनि सानो हुने भएकाले हावामा सजिल्यै फैलिन सक्छ । साथै, सास फेर्दा पनि सर्न सक्छ ।
वैज्ञानिकका अनुसार गर्मीमा ड्रोपलेट कन्टेक्टको तुलनामा एरोसोल ट्रान्समिसन धेरै हुन्छ । जसले गर्दा जाडोमा ड्रोपलेट कन्टेक्ट धेरै खतरनाक मानिन्छ ।
जाडो वा चिसो मौसममा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने आदि गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण