रौतहटमा १० लाख बढीको अवैध सामान बरामद
रौतहट – रौतहटस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले १० लाख रुपैयाँभन्दा बढीको विभिन्न प्रकारको अवैध भारतीय सामान बरामद गरेको छ ।
दशै दिपावली तथा आउँदै गरेको छठ पर्वलाई लक्षित गरेर संचालन गरिएको विशेष गस्ती टोलीले सिमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याउँदै गरेको कपडा,किराना,कस्मेटिक्स,रेडिमेड लगायतको सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटका डिएसपी नरेश भण्डारी र सशस्त्र बेश क्यामप देवाहीका प्रमुख ईन्स्पेक्टर बिष्णु अधिकारीको नेतृत्वमा गएको टोलीले देवाही गोनाही महादेवपटी लगायतका स्थानबाट ७ लाख ९० हजार बराबरको अवैध सामान बरामद गरेको सशस्त्रका एसपी सुर्यसेन ओलीले जानकारी दिएका छन् ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय गौर,ईलाका प्रहरी कार्यालय गरुडा, र केही प्रहरीचौकीको टोलीले महादेवपटी, गढीमाई लगायतका स्थानबाट तीनलाख २५ हजार मुल्य बराबरको बिभिन्न भारतीय सामान बरामद गरेको रौतहटका प्रहरी प्रमुख एसपी शिद्धी बिक्रम शाहले बताएका छन् ।
बरामद सामानहरु आवशयक कारबाहीको लागी आजै जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जनाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण