‘कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ’
काठमाडौैँ – नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफँै नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् ।
कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।” दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएपछि उहाँले सबैलाई सचेत भएर बस्न आग्रह गरेका छन् ।
आचार्यले भने, “कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो ।”
कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथै अस्पतालमा समेत उपचारका लािग बस्नुपरेको सम्झँदै भन्छन्, “थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो ।” उनले भने, “मैले हरेक दिन कोरोनासँग लडिरहेँ । अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर सङ्घर्ष गरेर जितेँ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण