बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । योसँगै ५० हजार भन्दा बढी संक्रमितको मृत्यु हुने युरोपियन मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ५९५ जान कोरोना संक्रमितको मृत्यु भएपछि बेलायतमा मृतक संख्या ५० हजार ३६५ पुगेको हो ।
कोरोना संक्रमणको दोस्रो लहरपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो पहिलो रेकर्ड हो । अघिल्लोलो दिन मंगलबार ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्वभरमा कोरोनाका कारण ५० हजारभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिको पछि बेलायत पाँचौं स्थानमा रहेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप २२ हजार ९५० जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य विभागले जानेको छ । योसँगै हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या १२ लाख ५६ हजार ७२५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ५१८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार २१९ जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १४ हजार १९६ पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पछिल्ला दिनहरुमा निरन्तर बढ्दै गैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण