कोरोना रोकथाममा ७ अर्ब बजेट निकासा
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको हो । संक्रमित व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपैयाँ निकासा भएको छ ।
प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख तथा आईसीयू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख रुपैयाँ निकासा भएको छ । सो विनियोजित रकममा हाई डेपिसेन्सी युनिटका लागि विनियोजित ३ अर्ब २५ करोड समावेश भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
देशभर बुधबार २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण