यी राष्ट्रपतिले आफ्नो प्रिय कुकुरको बनाए १९ फिट अग्लो 'सुन'को मूर्ति
तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो प्रिय कुकुरलाई उच्च सम्मानसहित सूनको मूर्ति बनाएका छन् ।
गुर्ब्याङ्गुली बर्डीमुखामेडोभले गत मंगलबार एल्याबे प्रजातिको कुकुरको १९ फिट अग्लो मूर्ति अनावरण गरेका छन् ।
त्यहाँको सरकारका अनुसार यो मूर्ति काँसले बनाइएको छ र यसमा २४ क्यारेटको सुनको जलप लगाइएको छ । मूर्तिको उचाई १९ फिट छ । कुकुरको मूर्तिलाई त्यहाँको नयाँ इलाका अश्गाबातमा राखिएको छ जहाँ सरकारी अधिकारीको आवसीय व्यवस्था मिलाइएको छ ।
स्मरण रहोस्, कुकुरको यो प्रजातिलाई त्यहाँका मानिसहरुले निकै रुचाउँछन् । यो प्रजातिको कुकुर त्यहाँ मात्रै जन्मन्छन् त्यसैले पनि यसलाई तुर्कमेनिस्तानको राष्ट्रिय पहिचानको रुपमा हेर्ने गरिन्छ ।
राष्ट्रपतिले कुकुरको यो प्रजातिलाई उच्च सम्मान दिएको यो पहिलो घटना भने होइन, यसअघि पनि उनले एल्याबेका लागि एउटा किताब समर्पित गरेका थिए । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण