विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५ लाख नाघ्यो
शनिबार, २० मङ्सिर २०७७, २३ : ०२
एजेन्सी । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५ लाख नाघेको छ । कोरोना भाइरस संक्रमणको तथ्यांक सार्वजनिक गर्दैै आएको वल्ड्रो मिटरका अनुसार विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख २९ हजार १ सय ७३ पुगेको हो । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ६ करोड ६५ लाख १४ हजार ३ सय ९१ पुगेको छ भने निको भएर फर्किनेहरुको संख्या ४ करोड ६० लाख १० हजार ९ सय पुगेको छ ।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका भएको छ । अमेरिकामा अहिलेसम्म २ लाख ८६ हजार २४ जनाको मृत्यु भैसकेको छ भने संक्रमितहरुको संख्या १ करोड ४८ लाख ९ हजार ९ सय २७ पुगेको छ । अमेरिकापछि भारत, रुस, ब्राजिल, फ्रान्स, बेलायत, स्पेन लगायतका मुलुकहरु संक्रमणबाट धेरै प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण