लन्डनमा संक्रमण दर उच्च, कडा प्रतिबन्ध लगाउने तयारी
लन्डन । लन्डनमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि चाडै थप कडा प्रतिबन्ध सम्बन्धि नियम लागू हुने भएको छ । गत नोभेम्बर ५ तारिखबाट चार हप्ताको लागि जारी गरिएको लकडाउन खुकुलो भएसँगै सरकारले संक्रमणको जोखिमका आधारमा तीन तहको प्रतिबन्ध लागू गरेको थियो । जसअनुसार अति उच्च, उच्च र मध्यम गरी तीन तहका जोखिमको वर्गीकरण गरी क्षेत्रगत रुपमा प्रतिवन्धहरु लागू गरिंदै आएको छ ।
शुरुमा लन्डनमा जोखिम कम भएपनि पछिल्लो समयमा राजधानीमा संक्रमण दर तीव्र रुपमा बढेको सरकारी तथ्याँकले देखाएको छ । लन्डनमा भएको कोरोना संक्रमणको वृद्धिदरलाई लिएर मन्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । कतिपय स्थानहरुमा एकसाताभित्र ७१ प्रतिशतसम्म संक्रमण दर बढेको बताइएको छ ।
लन्डन मेयर सादिक खानले लन्डनका सेकेण्डरी स्कुल र कलेजहरु क्रिसमस अघि चाडै नै बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । संक्रमण दर बढ्दै गएपछि चांडो भन्दा चाँडो आजै लन्डनलाई ‘टीयर थ्री’ अर्थात अति उच्च जोखिम क्षेत्रमा घोषणा गर्ने तयारी भैरहेको अधिकारीहरुले बताएका छन् ।
कतिपय काउन्सिल प्रमुखहरुले ‘टीयर थ्री प्लस’अर्थात कडा प्रतिवन्ध लागू गर्नुपर्नेमा जोड दिएका छन् । इष्ट ससेक्स क्षेत्रलाई पनि ‘टीयर थ्री’ मा सार्ने तयारी भैरहेको अधिकारीहरुले बताएका छन् । अति उच्च (टीयर थ्री) अलर्टमा राखिएका क्षेत्रमा सबैभन्दा कडा प्रतिबन्धहरु लागू हुनेछन् । जहाँ अन्य घरको मानिसहरुसँगको इन्डोर तथा प्राइभेट गार्डेनमा समेत भेटघाटमा रोक लगाइनेछ । पार्क, बीच जस्ता स्थानहरुमा ‘ग्रुप अफ सिक्स’ को नियम लागू हुनेछ, जहाँ भेटघाट गर्न पाइनेछ ।
पसल, जीम र पर्सनल केयर सर्भिसहरु जस्तै हेयर ड्रेसिंगहरु खोल्न पाइनेछ । पब, बार, क्याफे तथा रेष्टुरेन्टहरु टेक अवेबाहेक सबै बन्द रहनेछन । मानिसहरु एक क्षेत्रबाट अर्को क्षेत्रमा जान पाउने छैनन् । यसैगरी खेल इभेन्टहरुमा दर्शकहरु प्रत्यक्ष रुपमा हेर्नको लागि स्टेडियमसम्म जान पाउने छैनन् ।
बेलायतमा शनिबार साँझसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आइतबार साँझसम्म ६४ हजार नाघेको छ । यसैगरी आइतबार थप १८ हजार ४४७ जना नयाँ संक्रमित थपिएका थिए । बेलायतमा कूल संक्रमितको संख्या १८ लाख ४९ हजार ४०३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण