ब्रेक्जिटपछिको व्यापार वार्ता जारी राख्न ईयू र बेलायत सहमत
एजेन्सी । युरोपेली संघ (ईयू) र बेलायतले बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् । ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य हुनै लाग्दा यूरोपेली नेताहरू व्यापार वार्ता गरेर नै आगामी दिनको सम्बन्धलाई सुनिश्चित गराउनुपर्ने बताइरहँदा अझै पनि केही जटिल मानिएका मुद्दालाई समाधान गर्न भने सकेको देखिदैन ।
युरोपेली संघ ईयूकी अध्यक्ष उर्सुला भोन डेर लायन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको’ बताएका हुन् । यो साता बेलायती प्रधानमन्त्री ब्रसेल्स पुगी ईयू नेतृत्वसँग समस्यालाई समाधान गर्न पहल गरेका छन् । दुवै जनाबीच ‘सुल्झिन बाँकी केही मुद्दा’ मा पनि कुराकानी भएको छ ।
ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले आइतबारपछि वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताएपनि प्रधानमन्त्री जोनसन र लायनबीच भएको सम्वादपछि वार्तालाई निरन्तरता दिने सहमति बनेको हो । आयोगकी अध्यक्ष फोन डेर लायनले सबै खालका परिस्थितिका लागि तयार रहनुपर्ने आफूहरूको जिम्मेवारी रहेको बताउँदै आएकी छिन् । लायनले शनिवार जोनसनसँगको कुराकानी ‘रचनात्मक र उपयोगी’ भएको बताएकी थिइन् ।
दुवै पक्षले वार्ता जारी राख्ने सहमति गरेसँगै वार्तामा सहभागी आफ्ना प्रतिनिधिलाई ‘अन्तिमसम्म प्रयास जारी राख्ने’ भनेपछि ढिलै भए पनि सहमतिमा पुग्न सकिने आशा अझै नटरेको देखिएको छ । बेलायत र र ईयूबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको र सङ्क्रमणकालीन समय यही डिसेम्बरको अन्त्यमा सकिनेछ ।
३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । कुनै व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवैमा सामानमाथि शुल्क लाग्नेछ । यसैबीच, युरोपेली आयोगले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे बेलायतसँग सहमति हुन नसकेको खण्डमा भन्दै आकस्मिक योजनाहरू प्रकाशित गरेको थियो । ती योजनाहरूमा संयुक्त अधिराज्य र ईयूबीच हवाई र स्थलमार्गको यातायात सहज बनाउने सुनिश्चितता लगायत माछामार्ने पहुँचको सम्भाव्यता समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण