युवावस्थामा नै मुटुरोग ! चिन्नुहोस् यस्ता लक्षणहरु
एजेन्सी – भारत लगायतका मुलुकहरुमा वृद्धवृद्धाभन्दा युवाहरुमा मुटुरोगको समस्या बढेको पाइन्छ । युवावस्थामा धुम्रपान र मध्यपानको खराब बानी र असन्तुलित जीवनशैलीका कारण मधुमेह र उक्तचापसँगै हृदयघातको समस्या पनि हुनसक्छ ।
कम उमेरका मानिसमा मुटुरोगको समस्या बढ्दै
रिपोर्टका अनुसार खराब जीवनशैलीका कारण युवाहरुमा मुटुसम्बन्धी रोगहरु लाग्न सक्छ । जीवनशैलीका कारण मुटुसम्बन्धी रोग लाग्ने सम्भावना ७५ प्रतिशत धेरै हुन्छ । एक रिपोर्टका अनुसार भारतमा हरेक वर्ष ९०० जनामा हृदयघात हुने र जसमध्ये ३० वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरु धेरै हुने गर्छन् । यो आकँडा समयसँगै बढिरहेको पाइन्छ । हृदयघातको प्रमुख कारण सुरुवाती लक्षणहरु पहिचान गर्न नसक्नु नै हो ।
कारण
प्रोग्रेसिव हर्ट फेलियर रक्त नलीहरुमा बोसोजन्य पदार्थ जम्मा भएर हुने गर्छ । यसको मुख्य कारण खराव जीवनशैली, अत्यधिक तौल, उच्च कोलेस्ट्रोल र मधुमेह जस्ता रोगहरु हुन् । यस्ता रोगका कारण हरेक दिन युवाहरुमा हृदयघातको सम्भावना बढ्दै गएको छ ।
लक्षण
सुरुवातमा नै मुटुमा हुने समस्याहरु पहिचान गर्न सकेको खण्डमा हृदयघातबाट बच्न सकिन्छ ।
बेचैन हुने
हृदयघातको सबैभन्दा मुख्य लक्षण छात्तीभित्र बैचनी हुनु नै हो । र छात्तीभित्र भारीपन महसुस गर्नु हो । साथै, कतिपय अवस्थामा छात्ती पोल्नु पनि हृदयघातको लक्षण हुनसक्छ ।
सास फेर्न समस्या
सास फेर्न समस्या हुनु हृदयघातको लक्षण हो । साथै, थोरै पाइला चाल्ने वित्तिकै अत्यधिक सास फुल्ने हुन्छ भने त्यो हृदयघाततर्फ इशारा हुनसक्छ ।
धेरै पसिना आउनु
गर्मीमा धेरै पसिना आउनु सामान्य नै भएपनि जाडोमा समेत अत्यधिक पसिना आउँछ भने त्यो हृदयघातको समस्या हुनसक्छ ।
हात झम्झमाउने
यदि हात बारम्बार झम्झमाउने गर्छ भने यो हृदयघात तथा पक्षघातको संकेत हुनसक्छ ।
अचानक शरीरको कुनै अंगले काम गर्न छोडेमा त्यो समस्यालाई बेवास्ता गर्नुहुँदैन । त्यो पनि हृदयघातको संकेत हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण