बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुवाको अगाडि कहिले पनि चुम्बन गर्दिनँः वरुण धवन

आइतबार, ०८ असोज २०७४, १८ : ०१
आइतबार, ०८ असोज २०७४

‘स्टूडेन्ट अफ द इयर’ देखि ‘बद्रिनाथकी दुल्हनियाँ’ सम्म वरुण धवनले पाँच वर्षमा आठवटा फिल्ममा अभिनय गरेका छन् । उनका लगभग सबै फिल्मले राम्रा व्यवसाय गरेका छन् तर वरुण आफूलाई स्टारडमको रेसमा देख्दैनन् ।

धवनले बीबीसीलाई भने, ‘स्टारडम मानिसहरुको शुभकामना हो । दर्शकको प्रेम हो । यो बनाउनलाई वर्षौं लाग्छ तर सानोतिनो गल्तीले नै त्यो गुमाउन धेरैबेर लाग्दैन । मैले जति पनि माया पाएको छु, त्यसमा म खुसी छु ।’

उनी भन्छन्, ‘आठवटा फिल्मबाट नै म सुपरस्टारको लिगमा आउन सक्दिनँ । हामी कुरा गरिरहेका छौं रजनीकान्त, शाहरुख खान, सलमान खान, आमिर खान र अक्षय कुमारजस्ता सुपरस्टारको । सुपरस्टार यति चाँडै बन्दैनन् । कम्तीमा पनि १०–१५ वर्ष लाग्छ । यदि मेरो करियर यसरी नै चलिरहे उहाँहरुको लिगमा समावेश हुने सम्भावना छ ।’

सलमानसँग तुलना ?

वरुण धवन आफ्नो नयाँ फिल्म ‘जुडवा–टु’ मा सलमान खानको सन् १९९७ मा रिलिज भएको फिल्म ‘जुडवा’ मा देखिने भएका छन् ।

वरुण भन्छन्, ‘जब यो फिल्म साइन गरेको थिएँ तब मैले सलमान खानसँग तुलना हुनु ठिक हो भन्ने सोचें । हुन त तुलना यसै पनि हुने गर्दछ तर मेरो लागि यो फिल्म नितान्त नयाँ फिल्म थियो । कमेडी गर्ने मैले ठूलो मौका पाएँ । थुप्रै आइकोनिक दृश्य गर्न मलाई निकै मजा आयो तर निकै मेहनत पनि लाग्यो । मेरो उद्देश्य मानिसहरुलाई मनोरञ्जन दिनु हो ।’

वरुणले आफ्नो उक्त फिल्मका लागि सलमान खानसँग पनि कुरा गरिसकेका छन् ।

खानको सल्लाहः

उनी भन्छन्, ‘सलमानलृ मलाई केही पनि सल्लाह दिएनन् न नै कहिले दिनेछन् । उनले बस मलाई टन टना टन गीतको स्टेपलाई नबिगार्न आग्रह गरे ।’

फिल्मका लागि सलमान खानले वरुण धवनलाई त्यो जिन्स दिए जुन उनको भूमिका राजाका लागि प्रयोग भएको थियो ।

वरुणका अनुसार सलमान खानका प्रशंसक फिल्म हेर्न जाँदा उनको जिन्स नै हेर्नेछन् ।

आफ्ना पिता र निर्देशक डेविड धवनसँग अन्य फिल्ममा अभिनय गरिरहेका वरुण भन्छन्, ‘उनले यस्ता अभिनय निकाल्छन् जो कुनै पनि निर्देशकले निकाल्न सक्दैनन् ।’

उनी भन्छन्, म उनको छोरो हुन पाएकोमा भाग्यमानी महसुस गर्दछु । उनी निकै ठूला र सफल निर्देशक हुन् । उनीसँग काम गर्ने मौका पनि पाएँ । उनको फिल्ममा अभिनेताको मेहनत देखिन्छ ।’

उनी भन्छन्, ‘म अभिनेताको रुपमा आफ्नो काम गरिरहेको थिएँ । म मस्तीका लागि पिताको अगाडि कहिले पनि चुम्बन गर्नेछैन ।’

डेविड धवनद्वारा निर्देशित ‘जुड्वा–टु’ मा वरुण धवनसँग ज्याकलिन फर्नान्डिस र तापसी पन्नू रोमान्स गर्नेछन् । फिल्म सेप्टेम्बर २९ मा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप