अफगानिस्तानमा हवाई कारबाही, २१ तालिाबानी लडाकू मारिए
बिहीबार, ०९ पुस २०७७, १४ : ००
एजेन्सी । अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्धारा गरिएको एक हवाई कारबाहीमा परी २१ जना मारिएका यहाँको गृह मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।
नवा जिल्लाको मोमेन खान क्षेत्रमा बुधबार एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि आएका तालिबान लडाकूसमूहमाथि हवाई कारबाही भएको जनाइएको छ । सैन्य विमानले गरेको यस कारबाहीमा परी २१ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीको ठूलो मात्रामा हातहतियारसमेत नष्ट भएको सैनिक स्रोतले जानकारी दएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको केही टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण