बेलायतमा क्रिसमससँगै ह्वात्तै थपिए संक्रमित, थप प्रतिबन्धको घोषणा
लन्डन । वर्षभरिकै महत्वपूर्ण पर्वको रुपमा हेरिने यसपटकको क्रिसमस बेलायत लगायतका विभिन्न मुलुकमा धेरैका लागि परिवारबीच मात्र सिमित रह्यो । कोरोना संक्रमणका कारण बेलायतको राजधानी लन्डन लगायतका विभिन्न भागमा कोरोनाको नयाँ संक्रमण देखिएको भन्दै यसअघि नै ‘टियर ४’ अन्तर्गत कडा प्रतिबन्धको घोषणा गरिएको थियो । बाँकी रहेका अन्य भागहरुमा पनी बक्सिंग डे अर्थात शनिबारबाट थप प्रतिबन्ध लागू गरिएको छ । ‘स्टे होम’ को आदेश जारी गरिएको यस प्रतिबन्धलाई लकडाउनकै अर्को रुप मानिएको छ ।
कोभिड १९ को उच्च जोखिम भएका स्थानहरुमा ‘टीयर ४’ लागू गरिएको छ । स्कटल्याण्ड र नर्दर्न आएरल्याण्डमा लकडाउन जारी भएको छ । पछिल्लोपटक लागू गरिएको प्रतिबन्धका कारण बेलायतमा थप ६० लाख मानिस प्रभावित हुने अधिकारीहरुले बताएका छन् । बेलायतमा २४ मिलियन मानिस अर्थात कुल जनसंख्याको ४० प्रतिशत कोरोना संक्रमणको अति उच्च जोखिम अन्तर्गत अर्थात ‘टीयर ४’ अन्तर्गत पर्दछन् । अति उच्च जोखिम अन्तर्गत अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु बन्द रहनेछन् ।
यसैगरी हेयरड्रेसर, स्विमिंग पुल, जीमखाना सबै बन्द रहनेछन् । एक अर्को घरका मानिससँग भेटघाटमा प्रतिबन्ध लगाइनेछ । यस्ता खालका प्रतिवन्ध इंग्ल्याण्ड तथा स्कटल्यान्डमा आ–आफ्नै तरिकाले लागू गरिएका छन् । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेपछि थप सावधानी अपनाउन कडा प्रतिबन्ध लागू गर्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
शनिबार साँझ सार्वजनिक तथ्याँकअनुसार बेलायतमा पछिल्लो २४ घन्टामा थप ३४ हजार ६९३ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या २२ लाख ५६ हजार नाघेको छ । पछिल्लो समय बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण फैलिएपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गैरहेको छ । संक्रमित संख्या गत अप्रिल पछिकै सबैभन्दा उच्च भएको छ ।
यसैगरी बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७० हजार नाघेको छ । शनिबार थप २१० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या ७० हजार ४०५ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने यहाँको मृतक संख्या ७९ हजारभन्दा बढी रहेको छ ।
दैनिक हस्पिटल भर्ना हुने कोरोना संक्रमितको संख्या महामारी शुरु भएयाताकै सबैभन्दा बढी भएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । शनिबार सार्वजनिक गरिएको तथ्याँकअनुसार गएको २४ घन्टामा दुई हजार १४३ जना कोरोना सनाक्रमित हस्पिटल भर्ना भएका छन् । हाल हस्पिटलमा २१ हजार भन्दा बढी संक्रमित हस्पिटलमा औपचार गराइरहेका छन् । जसमध्ये एक हजार ५२९ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
हाल बेलायतमा फाइजर(बायोएनटेकद्वारा विकसित कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य चलिरहेको छ । एक व्यक्तिको लागि दुई डोजको आवश्यकता पर्ने उक्त भ्याक्सिन शनिबार सांझसम्म ६ लाख १६ हजार ९३३ जनालाई पहिलो डोज दिइसकेको सरकारको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण