सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओेलीले संविधानमाथि प्रहार र जनतामाथि अपमान गर्नुभयोः प्रकाशमान सिंह

सोमबार, १३ पुस २०७७, १४ : ०५
सोमबार, १३ पुस २०७७

काठमाडौं  । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्तिमा निकालेर नबस्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा घोषित विरोधसभा अन्तरगत काठमाडौं क्षेत्र नम्बर १ को विरोधसभामा काँग्रेस नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओेलीको असंवैधानिक काँग्रेसलाई कुनै हालतमा मान्ने नहुने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्रको किचलो झोकमा जनप्रतिनिधिको थलोमाथि प्रहार गर्नुभयो । त्यो पनि असंवैधानिक तरिकाले संसद भंग गरिको छ । यो संविधानमाथि प्रहार र जनताको अपमान हो । यस्तो कदम नेपाली काँग्रेस मान्य हुँदैन ।  काँग्रेसले गत बैशाखमै ओलीले सरकार सञ्चालनको वैधता गुमाएको ठहर गर्दा पनि नेकपाले समयमा नसोच्दा आजको अवस्थ खडा भएको बताए ।  यो अवस्थको भागेदार सिंगो नेकपा पनि रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप