२४ घण्टामा सुरु हुन लागेको थियो सुटिङ, अचानक फिल्मबाट बाहिरिए अभिषेक बच्चन
अभिषेक बच्चन अब निर्देशक जे.पी. दत्ताको युद्ध फिल्म ‘पल्टन’ मा देखिने छैनन् । जे.पी. फिल्म्सकी निर्माता निधी दत्ताले यसबारे खुलासा गरेकी हुन् । निधिले एक बयान जारी गर्दै अभिषेक अब उनको फिल्मको हिस्सा नभएको बताएकी छिन् । यसको कारण त स्पष्ट छैन तर अन्तिम अवस्थामा अभिषेकले फिल्म छोडेको दाबी उनले गरेकी छिन् ।
निधीको बयानमा भनिएको छ, ‘नीजि कारणसहित (जसबारे अभिषेकलाई मात्र थाहा छ) अभिषेकले हाम्रो फिल्म छोडिदिएका छन् । लद्दाख सुटिङमा निस्कनका लागि २४ घण्टाको समय बचेको थियो । यस्तोमा अचानक उनले फिल्म छोडिदिँदा हामी निकै अचम्ममा छौं । तर हाम्रो यो पनि विश्वास छ कि फिल्ममा यस्ता कलाकारको चयन गर्नुपर्छ जसले जवानको जीवनलाई पर्दामा जिवन्त उतार्न सकून् । हामी अभिषेकको उज्ज्वल भविष्यको काम गर्दछौं ।’
निधि थप्छिन्, ‘हाम्रो पूरा समूह – क्रु मेम्बर्स र आर्मी पर्सनल लद्दाखमा छन् । चाँडै नै हामी यस्तो नायकको नाम घोषणा गर्नेछौं जो अभिषेकको सट्टा राखिनेछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण