रोमान्सका लागि खनिएको थियो सुरुङ, प्रेमिकाका श्रीमान्ले गरे पर्दाफास
एक विवाहित पुरुषले प्रेमिका भेट्नका लागि सुरुङ खनेका थिए । त्यही, सुरुङ हुँदै उनी प्रेमिकाको बेडरुमसम्मै पुग्थे । प्रेमिका पनि विवाहित हुन् । तर, अन्तत ती पुरुष सत्य ओकल्न बाध्य भएका छन् । युवतीका श्रीमान्ले आफ्नी श्रीमतीसँग परपुरुषको रोमान्सबारे सूइँको पाएपछि यस्तो रहस्य बाहिरिएको हो । घटना मेक्सिकोको हो ।
मेक्सिकोमा प्रायजसो ड्रग्स कारोबारीहरुले सुरुङ प्रयोग गर्ने गर्छन् । तर, भिल्लास डेल प्राडोका एक मिस्त्रीले प्रेमिकासँग गोप्य रोमान्सका लागि सुरुङ खनेका थिए । आफ्नो घरबाट लामो दूरी पार गरेर तिजुआनास्थित छिमेकी बस्तीमा रहेकी प्रेमिकाको बेडरुमसम्म पुुग्नेगरी सुरुङ बनाइएको थियो । पामेला नामकी यी प्रेमिका र एन्टोनियोको रोमान्स चलिरहेकै थियो । श्रीमान् घरबाट कामका लागि निस्किएपछि पामेलाले एन्टोनियोलाई खबर गर्थिन्, अनि उनी यही सुरुङ हुँदै गोप्य रुपमा आउँथे । तर, एकदिन आफ्नो कामबाट सोचेभन्दा चाडों समयमै श्रीमान् जर्ज घर फर्किए । त्यतिबेला पामेला र एन्टोनियो रोमान्स गर्दै थिए । रिसाएका श्रीमानले पत्तो नपाउनेगरी एन्टोनियो खाटमुनी घुसे । अनि, एकाएक गायब भए । जर्जले धुईपत्तो खोजी गरे । घरमा सबैतिर खोज्दा पनि एन्टोनियोलाई नभेटेपछि उनले खाटमुनी पनि चिहाए । जहाँ, उनले सुरुङको प्रवेशद्वार भेटे । त्यसपछि त्यही बाटो हुँदै उनी एन्टोनियोको घरसम्म पुुगे ।
यहाँ एन्टोनियोले रुँदै जर्जसँग माफी मागे, अनि चुप लाग्न भने । किनकी, जर्जले यर्थाथ खोतल्दा एन्टोनियोकी श्रीमतीले सबै घटनाको फेहरिस्त थाहा पाउने थिइन् । तर, रिसाएका जर्जले एन्टोनियोलाई कुटे । आफ्नो घरमा नौलो मानिस आएर श्रीमान्लाई कुटिरहेको देखेपछि एन्टोनियोकी श्रीमतीले प्रहरीलाई खबर गरिदिइन् ।
प्रहरीले घटनाबारे छानविन गरेपछि यर्थाथ खोतल्न एन्टोनियो बाध्य भए । यो ‘लभ टनेल’ को समाचार तथा फोटोहरु गत साता मेक्सिकोका सामाजिक सञ्जालमा भाइरल बने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा एन्टोनियोलाई ड्रग्स माफिया ‘इल चापो’सँग तुलना गरेर समाचार आयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण