रामदेवले कोराना भाइरसविरुद्धको खोप नलगाउने
आइतबार, १९ पुस २०७७, २३ : ४०

एजेन्सी । योग गुरु बाबा रामदेवले कोराना भाइरसविरुद्धको खोप नलगाउने घोषणा गरेका छन् । रामदेवले कोरोना भ्याक्सिन (खोप) बनेकोमा स्वागत गर्दै आफुले खोप भने नलाउने घोषणा गरेका हुन् । आइतबार दिल्लीको एक होटलमा आयेजित कार्यक्रममा बोल्दै उनले आफुले कोरोना खोप नलागाउने बताए ।
रामदेवले आफुलाई कोरोना खोप आवश्यक नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘मलाई खोपको आवश्यकता छैन, किनभने मलाई कोरोना संक्रमण भएको छैन, म पूर्ण रुपमा सुरक्षित छु । कोरोनाका जतिवटा अवतारहरु आएपनि मेरा लागि फरक पर्दैन ।’
रामदेव नयाँ दिल्लीको ले म्याराडियन होटलमा आयोजित एकल अभियान कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थिति थिए । मानिसहरुले पतञ्जलीको बारेमा अनावश्यक कुरा गरेर पनि केही फरक नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि