मन्त्रिपरिषदको आकस्मिक बैठक, राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य गर्ने सम्भावना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदकोआकस्मिक बैठक डाकेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आज बैठक डाकेका हुन् ।
आजको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ । उता संघीय संसद नयाँ बानेश्वरमा बसेको राष्ट्रियसभाको कार्यब्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको हिउँदे बैठक अन्त्य गर्ने संकेत आफूले पाएको कार्यव्यवस्था समितिमा बताएका छन् ।
समितिको बैठकमा बोल्दै नेकपा प्रचण्ड–नेपाल पक्ष तथा नेपाली काँग्रेसले जनताको जनप्रतिनिधिमूलक संस्थाको अविधेशन बन्द गर्न नहुने बताएको राष्ट्रियसभाका काँग्रेसका तर्फबाट प्रमुख सचेतक अनिता देवकोटाले रातोपाटीलाई जानकारी दिइन् ।
मन्त्रिपरिषद बैठकबाट आजै राष्ट्रपतिलाई हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी रहेको छ । राष्ट्रियसभाको आजको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको तय गरिएको प्रमुख सचेतक देवकोटाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण