१० वर्ष कान्छा निक जोनससँगको विवाहबारे यसो भन्छिन् प्रियंका चोपडा
बलिउड नायिका प्रियंका चोपडाले हालै निक जोनस र उनीबीचको १० वर्षको उमेर भिन्नतामाथि खुलेर कुरा गरेकी छिन् । प्रियंकाले विवाह गरेदेखि नै यो विषय धेरैको चासो बनेको छ । हालै एक म्यागजिन फोटोसुटका बेला प्रियंकाले यसबारे कुरा गरेकी छिन् । उनका अनुसार उमेरको अन्तर र संस्कृति उनीहरुको प्रेमको बीचमा कहिल्यै नआएको उनले बताएकी छिन् ।
प्रियंका चोपडा भन्छिन्, ‘एक साधारण जोडी झैं तपाईंहरु दुबैले एक–अर्काको बानी, रुची र अरुचीबारे बुझ्न अत्यावश्यक छ । मेरा लागि निकसँगको जीवन एक एड्भेन्चरजस्तै छ । समस्याको सामना गर्ने किसिमको छैन । हाम्रा लागि उमेरको भिन्नताले कहिल्यै पनि महत्व राखेको छैन ।’
स्मरण रहोस्, प्रियंका चोपडा र निक जोनसको विवाह राजस्थानको उमैद भवनमा भएको थियो । नजिकका साथी र परिवारको उपस्थितीमा प्रियंकाले हिन्दू र क्रिश्चियन दुबै तरिकाले विवाह गरिन् । प्रियंकाका विवाहसँग जोडिएका थुप्रै भिडियो अहिले पनि सोसल मिडियामा बेलाबेलामा चर्चाको विषय बन्ने गर्छ ।
सोसल मिडियामा यो जोडी निकै सक्रिय रहन्छ । एक अर्काको फोटो सेयर गर्नेदेखि दुबैले आफ्ना नीजि पल पनि सेयर गर्ने गर्छन् । प्रियंकालाई अन्तिम पटक द स्काई इज पिंकमा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण