बाघजस्तै कुुकुर, जसलाई देख्दा मानिस र जनावर दुबै झस्कन्छन्
संसारमा धेरै त्यस्ता अनौठो कुरा छन्, जसलाई पहिलोपटक देख्दा यो नक्कली हो वा सक्कली भनेर छुट्टयाउनै गाह्रो हुन्छ । केही कुराहरु देख्दा यर्थाथ हो वा भ्रम भने खुुट्टयाउन गाह्रो पर्छ ।
भारतको तेलंगानामा आजकल एउटा कुकुर निकै चर्चामा छ ।
खासमा यो कुकुर बाघजस्तै देखिन्छ । त्यसैले यसलाई देख्नेहरु छक्क पर्ने गरेका छन् । केसलापुर गाउँको यो कुकुरको शरीरमा बाघका जस्तै धर्साहरु छन्, गाउँलेहरुका अनुसार सानैदेखि यस कुकुरको शरीरमा यी धर्साहरु छन् । त्यसैले यो कुकुरलाई बाघ संझिएर धेरैपटक मानिसहरु डराउने गरेका छन् । नजिकका मानिसहरु यस कुकुरलाई टाइगर डग भनेर बोलाउँछन् ।
खेतमा काम गर्दै गर्दाको अवस्थामा एक गाउँलेले यो कुकुर भेटेका थिए । त्यसपछि उनले घरमै ल्याएर यसको हेरचाह गर्न थाले ।
मानिसहरुमात्रै नभएर अन्य जनावरहरु पनि यस कुकुरलाई देखेपछि डराएर भाग्ने गरेका छन् । पशुपालन विभागका अनुसार ब्रिडिङ गरेर यस्तो प्रजातीको कुकुरको संख्या बढाउन सकिन्छ । मानिसहरुले पनि बाघजस्तै धर्साहरु भएका यस्ता कुकुरलाई पाल्नमा रुची देखाइरहेका छन् । त्यसैले यो कुकुर पुरै इलाकामा आर्कषणको केन्द्र बनेको छ । टाइगर डगलाई हेर्न अन्य गाउँहरुबाट पनि मानिसहरु आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण