पूरा शरीरभरी ट्याटु बनाएर ‘ब्ल्याक एलियन’ बने यी व्यक्ति, अब भइरहेछ बोल्नमा समस्या
फ्रान्समा बस्ने एक व्यक्तिलाई ट्याटुको यति क्रेज छ कि उनले आफ्नो पूरा शरीरभरी ट्याटु बनाइसकेका छन् तर उनको क्रेज यतिमा मात्रै सिमित छैन । यी व्यक्तिले आफ्नो बडी ट्रान्सफर्मेशनका लागि विभिन्न प्रकारका चिजहरु गरिसकेका छन् जसमा आँखाको नानीमा पनि ट्याटु बनाउनु समावेश छ । हालै यी व्यक्तिले आफ्नो नाक र माथिल्लो ओठ हटाएका छन् जसका कारण उनलाई अब बोल्न समस्या भइरहेको छ ।
फ्रान्समा बस्ने ३२ वर्षका एन्थनी लोफ्रेडो सोसल मिडियामा ब्ल्याक एलियन नामबाट पनि लोकप्रिय छन् । उनले स्पेनमा गएर आफ्नो नाकको स्वरुप बदलेका छन् किनभने फ्रान्समा यो गैर कानूनी छ । एन्थनीका इन्स्टाग्राममा २ लाखभन्दा बढी फलोअर्स छन् र उनले एक इन्स्टाग्राम लाइभ सेसनका बेला अब उनको सपना भनेको शरीरको पूरा छाला हटाएर धातु लगाउन चाहेको बताए ।
यसका साथै एन्थनीले उनी नाक र माथिल्लो ओठ पछि हात, खुट्टा र औंलाहरुलाई पनि परिवर्तन गर्नेबारे सोचिरहेको जानकारी दिए । फ्रेन्च पत्रिका मिडी लिब्रेसँगको कुराकानीमा उनले केही वर्ष अघि भनेका थिए, ‘म बाल्यकालदेखि नै मानिसको शरीरको रुपान्तरणको विषयमा अत्यधिक जिज्ञासु रहँदै आएको छु ।’
यी व्यक्ति जब सिक्योरिटी गार्डको रुपमा काम गरिरहेका थिए तब उनलाई महसुस भयो कि उनले त्यो तरिकाले जीवनयापन गर्न पाइरहेका छैनन् जुन उनी साँच्चै नै गर्न चाहन्छन् । त्यसपछि २४ वर्षको उमेरमा एन्थनी अष्ट्रेलिया गए र त्यसपछि नै उनले आफूलाई पूर्ण रुपमा परिवर्तन गरे । एन्थनीका अनुसार उनी आफ्नो शरीर रुपान्तरणको योजना मात्रै बनाइरहेका हुन्छन् र यो अब उनको लागि अति सामान्य भइसकेको छ ।
एन्थनीका अनुसार उनलाई डार्क रोल असाध्यै मनपर्छ र आफूले आफैलाई एक डरलाग्दो पात्रको रुपमा देखाउन राम्रो लाग्छ । यद्यपि, एन्थनीका इन्स्टाग्राममा यस्ता थुप्रै मानिसहरु छन् जो उनको यस्तो स्वरुपका लागि हैरान छन् र यस्तो गर्नुको कारण सोध्छन् तर एन्थनी सधैंजसो सोसल मिडियामा यी प्रश्नको जवाफ दिँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण