एक पुरुषलाई अदालतको आदेश – महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू
बेलायतको एक अदालतले एक पुरुषलाई सुन्दा अचम्म लाग्ने निर्णय सुनाएको छ । ती युवकलाई कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरी र महिला दुबैलाई यसबारे जानकारी दिनुपर्ने आदेश दिइएको छ । साथै युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुराकानीमा पनि रोक लगाइएको छ ।
३९ वर्षका पुरुष डीन डायरमाथि यौन हमलाका विभिन्न विषयमा मुद्दा चलिरहेको छ । एक महिलाले ती पुरुषमाथि पार्टीका बेला गलत तरिकाले छोएको र यसको विरोध गर्दा बलात्कारको धम्की पनि दिएको आरोप लगाएकी छिन् । यद्यपि, उनीमाथि लागेका कुनै पनि आरोप पुष्टि भइसकेको छैन ।
डेलीमेलको रिपोर्ट अनुसार अदालतले युवकविरुद्धको आरोप सुनेपछि उनलाई सेक्सुअल रिस्ट्रेन्ट अर्डर थमाइदिएको छ । युवकमाथि १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध स्थापित गर्ने कोसिसलगायतका सात आरोप लागेका छन् ।
बेलायतमा सेक्सुअल रिस्ट्रेन्ट अर्डर एउटा यस्तो आदेश हो जुन त्यस्ता व्यक्तिलाई दिइन्छ जसको दोष प्रमाणित भएको छैन र जसबाट समाजलाई खतरा छ ।
निर्माण क्षेत्रमा काम गर्ने यी पुरुषलाई दैनिक कामकाजमा कुरा नगरी नहुने महिलासँग मात्रै कुरा गर्न अनुमति दिइएको छ – जस्तै महिला बस कन्डक्टर, महिला प्रहरी । यसका साथै उनले कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्न चाहेको खण्डमा २४ घण्टा अघि प्रहरीलाई यसबारे जानकारी दिनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण